सिभिल बैंकद्धारा लाभांश प्रस्ताव, कति दिँदैछ बोनस र नगद ?
५ पुष २०७९, मंगलवार १०:२९

काठमाडौं । सिभिल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६ प्रतिशत नगद लाभांश गरि कुल ५।२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।












