२० प्रतिशत लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

५ पुष २०७९, मंगलवार १०:५२

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको पुष ४ गते बसेको संचालक समितिको बैठले सभा पुष ३० गते शनिबार, आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रैयोजनका लागि एक प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पािरत गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना संचालकहरु निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

संस्थाले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि पुष १७ गते एक दिन बुक्लोजको मिति तोकको छ । यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*