मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा २० प्रतिशत लाभांस घोषणा, बोनस र नगद कति ?
६ पुष २०७९, बुधबार १०:३६

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ । संस्थाको पौस ५ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले यो वर्षको मुनाफाबाट नगद लाभांस १० प्रतिशत र बोनस शेयर १० प्रतिशतले वितरण गर्ने भएको छ ।
नपाल राष्ट्र बैं तथा सो संस्थाको साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांस वितरण गरिने भएको हो ।












