मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बुकक्लोजको मिति तय

६ पुष २०७९, बुधबार १०:४६

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १२.३५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

साथै बैंकले लाभांश वितरण प्रयोजनार्थ पुष १४ गतदेखि पुष २७ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*