गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश घोषणा
६ पुष २०७९, बुधबार १०:५१

काठमाडौं गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












