सिद्धार्थ बैंकद्धारा बुक्लोजको मिति तय
६ पुष २०७९, बुधबार १०:५८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । बैंकले पुष २८ गते हुने २१ औं वार्षिक साधारण सभाको लागि बुकक्लोजको मिति तोकेको हो ।
बैंकले पुष १३ गते बुक्लोजको मिति तोकेको छ । यसर्थ पुष १२ गतेसम्म कायम शेयरधनीहरुले सभामा उपस्थित हुन तथा प्रस्तावि लाभांश पाउनेछन् ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस शेयर तथा कर प्रयाृजनका लागि ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।












