बम्पर लाभांश प्रस्तावसहित नबिल बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नबिल बैंक लिमिटेडले ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंंकले यहि पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बस्नेगरी सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












