दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

६ पुष २०७९, बुधबार १५:०५

काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ ।

शेयरबजार घटेसँगै आज ८६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको ११ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ९५ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ८५ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ३४ लाख र सोल्टी होटलको ३ करोड ३० रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*