नेप्सेद्धारा सेन्ट्रल फाइनान्सको शेयर कारोबार रोक्का

६ पुष २०७९, बुधबार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।

कम्पनीले आज गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको पत्र नेप्सेमा शेयर कारोबारको बीच समयमा पठाएको हुँदा नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको हो ।

साथै नेप्सेले पत्र प्राप्त भएको मितिले ३ दिनभित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न समेत अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*