कुमारी बैंकमा एनसीसी बैंक गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकिकृत कारोबार कहिले ?
६ पुष २०७९, बुधबार १९:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको छ । पुस १७ गते एकिकृत कारोबारको अन्तिम तयारी रहेको बैंकका एक अधिकारीले बताए ।
यी दुबै बैंक एक आपसमा गाभिएपश्चात् कुमारी बैंकको नामबाट बैंकिङ् कारोबार हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रमेशराज अर्याल हुनेछन् । कुमारी बैंकको सिईओ वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन्।
एक आपसमा गाभिएसँगै बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।












