हिमालयन बैंकले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

७ पुष २०७९, बिहीबार १०:४०

काठमाडौं । हिमालयन बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको पौस ६गतेका दिन बसेको सञ्चालक समितिको निर्णयले यहि पौस २८ गतेका दिन होटेल सोल्टी, सोल्टीमोड, काठमाडौंमा बस्ने भएको हो ।

सभाले तीसौ वार्षिक साधारण सभाका लागि सञ्चालक सामातका प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ. व. २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको आ. व. २०७८।७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने जस्ता विशेष प्रस्ताव रहेका छन् ।

यसै सञ्चालक समितिले सिफारिश गरे बमोजिम नाफाको बाँडफाँट तथा चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनश शेयर जारी गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

बैंकले सिभिल बैंक प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडकै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्ने भएको छ ।

बैंकले यहि पौस १८ गतेदेखि पौस २८ गते सम्म शेयर दाखिला बन्द रहने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*