मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस शेयर वितरण गर्ने

७ पुष २०७९, बिहीबार १०:५२

काठमाडौं । मिर्मिरे लघु्वित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना श्ेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आव २०७७।७८ मा मर्जर तथउा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर २०५८ बमोजिम शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनका लािग नगद लाभांश नछुट्याएको जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*