एनआइसी एशिया बैंकले डाक्यो २५औं वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरु

७ पुष २०७९, बिहीबार ११:०८

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले २५औं वार्षिक साधराण सभा आह्वान गरेको छ । बैंकको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २९ गते होटल आनन्द प्रा.लि. (आरोग्य हल) तिलगंगा काठमाडौंमा बिहान ९ बजे बस्नेगरी आह्वान गरेको हो ।

सो सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन।थप गर्ने प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी, निकायबाट कुनै पनि फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न संचालक समितिलाई वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्योजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा बैंकको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९।८० को लागि .लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुष १८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित जनाउन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*