लाभांश प्रस्तावसहित नेपाल बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

७ पुष २०७९, बिहीबार ११:३७

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुष २९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*