राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, पुष २८ गते साधारण सभा आह्वान

७ पुष २०७९, बिहीबार १२:१५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लाभाश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको पुष ६ गते बसेको संचाकल समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साधारणसभा पनि आह्वान गरेको छ । बैंकले पुस २८ गते बिहिबार दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सभाहलमा सभा बस्नेगरी आह्वान गरेको हो ।

सो सभाले गत आर्थिक वर्षको वार्षिक प्रवितेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वित्तीय विवरण्माथि छलफल गरी पारिन गर्नेछ ।

साथै नेपाल सरकारबाट बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम एक अर्ब रुपैयाँ बैंकको जारी पुँजी र चुक्तापुँजीमा थप गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । साथै सो सभाले स्वतन्त्र संचालकको नियुक्तिको सम्बन्धमा सभामा जानकारी प्रदान समेत गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुष १८ गते शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) रहने जनाएको छ ।यसर्थ पुष १७ गतेसम्म नेप्सेमा कारोबार भई नियमअनुसार शेयर नामसारी भएका शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*