नबिल बैंकले ५ वटा शाखा कार्यालय एकैपटक स्थानान्तरण गर्दै

७ पुष २०७९, बिहीबार १४:२९

काठमाडौं । नबिल बैंक लिमिटेडले पाँचवटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काँडाधारी, मैतिदेवी, घोराही, धर्मपथ र कुमारीपाटी शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो ।

बैंकले उक्त शाखा कार्यालयहरु हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट पुष ११ गतेदेखि संचालन हुने जनाएको छ ।

उल्लिखित शाखा कार्यालहरुका लकरमा बैंकका ग्राहकहरुले कुनै पनि टुटफुट हुने सामानहरु राखेको खण्डमा सामान सार्नु अगावै पुष ७ गतेसम्म साविकको शाखा कार्यालयबाट कार्यालय समयसम्म निकाल्न बैंकले अनुरोध गरेको छ ।

 

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*