हिमालयन र सिभिल बैंकको मर्जर प्रकृया अन्तिम चरणमा, एकिकृत कारोबार कहिले?

७ पुष २०७९, बिहीबार १४:३२

काठमाडौं । हिमालयन र सिभिल बैंकको मर्जर प्रकृया अन्तिम चरणमा पुगेको छ। मर्जरका लागि सम्पूर्ण प्रकृया सहित दुबै बैंकले साधारणसभा बोलाएको छ। अन्तिम स्वाप रेसियो १००ः८०.२९ प्रतिशतमा टुंगो लागेको छ । यसअघि स्वाप रोसियो छुटै सहमती भएको थियो । डिडिए पश्चा्त् दुबै बैंकको स्वाप रेसियो १००ः८०.२९ प्रतिशतमा टुंगो लागेको स्रोतले जनाएको छ।

हिमालयन बैंक लिमिटेडसँग प्राप्ति गर्ने प्रयोजनका लागि डीडीए तथा अनय सम्बन्द्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा बैंकको संचालक समितिले स्वीकृत गरे बमोजिम सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने भएको छ ।

दुई बैंकबीच १००ः ८१ प्रतिशतमा मा मर्ज हुने सम्झौता भएको थियो । साधारणसभाले पारित गरेपछि छिट्टै एकीकृत कारोबार सुरु हुने हिमालायन बैंकको स्रोतले जनाएको छ।
हिमालयन र सिभिल दुबै बैंकका उच्च अधिकारीहरुका अनुसार साधारणसभाबाट पारित भएपछि आगामी माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी रहेको छ।

पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेपनि प्रक्रियागत जटिलताका कारण समयमै काम गर्न नसकेको भन्दै दुबै बैंकले संयुक्तरुपमा ३ महिना समय थप गर्न मााग गर्दै राष्ट्र बैंकमा पत्राचार गरिसकेका छन् । र, राष्ट्र बैंकले पनि स्वीकृति जनाइसकेको छ ।

मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र अन्तरिम सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । सीइओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*