मेगा बैंकको साधारण सभा सम्पन्न, मर्जर र लाभांस प्रस्ताव पारित

७ पुष २०७९, बिहीबार १६:४९

काठमाडौं । मेगा बैंक नेपालको साधारण सभा सम्पन्न भएको छ । बैंकले सो साधारण सभा काठमाडौंको प्रदर्शनीमागमा रहेको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ३।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष २०७८।८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८र७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँग १००ः९० सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने एजेन्डा अनुमोदन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*