नबिल बैंकले ल्यायो एनबैंक संचालनमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक नियो बैंक सञ्चालमा ल्याएको छ। नबिल बैंकले आज बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक नियो बैंक को शुभारम्भ गरेको हो।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रुपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ। मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ।
नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाका रुपमा स्थापना गरेको हो। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ। ग्राहकहरुले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरु प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ।’
उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभवद्वारा मूल्यांकन गर्ने उल्लेख गर्दै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो।’
बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरु सजिलैसँग लिन सक्नेछन्। एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु।












