बुटवल पावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

८ पुष २०७९, शुक्रबार ११:२७

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ७.५ नगद लाभांश (कर समेत) गरी कुल १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*