लाभांश प्रस्तावसहित गुराँस लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

१० पुष २०७९, आईतवार ०८:३९

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सभा बस्नेगरी डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक बाँकी अवधिको लागि नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।ब

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*