ग्लोबल आइएमई बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

१० पुष २०७९, आईतवार ०९:५७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले आफ्नो मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

बैंकले साधारण सभाबाट पारित भएको आव २०७८।७९ को लागि बैंकका शेयरधनीहरुलाई १०.६ प्रतिशत (कर सहित)का नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।

साथै हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले आफ्नो हितग्राही खातामा बैंक खाता नं. र प्यान नं. यथासिघ्र अद्यावधिक गराएमा बैंकले उक्त नगद लाभांश जम्मा गरिदिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*