आँधिखोला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
११ पुष २०७९, सोमबार १०:१२

काठमाडौं । आँधिखोला लघु्वित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको पुष ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












