शेयरबजारमा उछाल, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

११ पुष २०७९, सोमबार १५:०५

काठमाडौं । साता दोस्रो दिन शेयरबजारमा उछाल आएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ ।

शेयरबजार बढेसँगै आज कारोबार रकम समेत बढेर २ अर्ब ९ करोडरुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेलिकमको २० करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी हाइड्रोपावरको ७करोड २६ लाख र एनआइसी एशिया बैंकको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*