नेप्सेद्धारा दुई कम्पनीको शेयर कारोबार फुकुवा

११ पुष २०७९, सोमबार १५:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज मल्टीपर्पस फाइनान्स र कालिका पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुुकुवा गरिदिएको हो ।

यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै कम्पनीको शेयर रोक्का राखेको थियो ।

नेप्सेले दुवै कम्पनीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा यी दुवै कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै दुवै कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*