विन्धवासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ पुष २०७९, मंगलवार १०:४८

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि पुष १३ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*