शेयरबजारमा उच्च अंकको बृद्धि, लगानीकर्तामा उत्साह थपिदा पौने ४ अर्बको कारोबार

१२ पुष २०७९, मंगलवार १५:१८

काठमाडौं । मंगलबार नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै शेयरबजारमा एकाएक चमत्कारिक सुधार देखिन थालेको छ ।

अघिल्लो दिन ५६ अंकले बढेको नेप्से सूचक आज ५९ अंकले बढ्न पुगेको छ । अर्थमन्त्री बनेको दुईदिनमा नै शेयरबजारले उचाइ लिन थालेको छ । दुई दिनमा नेप्से सूचक सय भन्दा बढी अंकले पुगेको छ । नेप्से इन्डेक्स केही महिनायता १८ सयको विन्दुमा सीमित हुन पुगेको अघिल्लो दिन र आजको शेयरकारोबारले गर्दा करिब २ हजारको विन्दुमा पुग्न लागेको छ ।

यसभन्दा अघि पनि अर्थमन्त्री विष्णु पौडले अर्थमन्त्री पदमा रहँदा शेयरबजारले सुधारको रुप लिएको थियो । पुष्पकमल दाहाल (प्रचण्ड)को सरकारमा अर्थमन्त्री बन्दा अर्थमन्त्री पौडेलले शेयरबजार सुधारका लागि कदम चाल्ने बताएका छन् । योसँगै आम ५३ लाख लगानीकर्ताहरुमा उत्साह थपिन पुगेको छ । नयाँ अर्थमन्त्रीको आगमनसँगै लगानीकर्ताहरुमा उत्साह थपिँदा आज शेयरबजारमा करिब ४ अर्बको कारोबार हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*