निवर्तमान अर्थमन्त्रीले पाँच करोड नपाएपछि कृषि विकास बैंकको सिईओ पदावधी थपिएन

१२ पुष २०७९, मंगलवार १७:१३

काठमाडौं । आफ्नो कार्यकालभरि चरम विवाद र घोटालामा मुछिएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको टिमले मागेको पाँच करोड रुपैयाँ नपाएपछि कृषि विकास बैंकका सिईओ अनिल उपाध्यायको म्याद सकिएको छ । २०७५ साल पुस ११ गते सिईओ पदमा नियुक्त भएका उपाध्यायको म्याद यही पुस १० गतेबाट सकिदै थियो ।

निर्वाचनअघि देखि नै एक कार्यकालको लागि म्याद थप गर्ने प्रयत्नमा रहेका उपाध्यायको फाइल अर्थमन्त्रालयमा उठेको पनि थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको सेटिङ गरिरहेको दलालले पाँच करोड नपाएपछि मन्त्री शर्मालाई प्रभावमा पारेर उपाध्यायको पदावधी थप गर्ने कार्य रोकिएको विश्वस्त सूत्रले जनाएको छ ।

जनार्दन शर्मा घुसका लागि जस्तोसुकै काम पनि गर्दै आएका थिए । निर्वाचनपछि काम चलाउ अवस्थामा रहेकै बेला निवर्तमान मन्त्री शर्माले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेको राजिनामा माग गरेका थिए । माओवादी जनयुद्धमा सहभागी भई २०५४ सालदेखि २०५७ साल (पहिलो वार्ता कालसम्म) जेल जिवन बिताएका सहकर्मीकै राजिनामा मागेर अनैतिक र पथभ्रष्ट व्यवहार प्रदर्शन गरेका जनार्दन शर्माले कृषि विकास बैंकमा समेत ठूलै माछा हात पार्ने दाउ रचना गरेको तर असफल भएको फेला परेको छ ।

स्रोतका अनुसार सिईओको दोस्रो कार्यकालका लागि उपाध्यायले पाँच करोड रुपैयाँ पुस १० गतेभित्रैमा नविकरण भइसक्नु पर्ने उनको कार्यकाल फुत्किएको छ । यसैबीच, हिजोदेखि कृषि विकास बैंक सिईओ विहिन हुन पुगेको छ । बैंकले प्रताप सुवेदीलाई निमित्त सिईओको जिम्मेवारी तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*