प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर दोस्रो बजारमा आजदेखि शेयर कारोबार

१३ पुष २०७९, बुधबार ०६:३९

काठमाडौं । नेप्सेले प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ। अब यी दुवै कम्पनीको सेयर आजबाट दोस्रो बजारमा कारोबारमा आउनेछन्।नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्रभु लाइफको सेयर कारोबार फुकुवा गरेको हो। यो कम्पनीको आधारभूत सेयरधनीहरुका बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको छ।

महालक्ष्मी लाइफसँग मर्जर सम्झौता गरेपछि प्रभु लाइफको सेयर गत असार ३१ गतेबाट रोक्का गरेको थियो। महालक्ष्मी लाइफ नेप्सेमा सूचीकृत छैन।

यसैगरी नियमविपरीत कारोबार समयमा लाभांश वितरणसम्बन्धी सूचना नट्समार्फत नेप्सेको वेबसाइटमा सार्वजनिक गरेको भन्दै गत पुस ६ गतेबाट रोक्का गरिएको सेन्ट्रल फाइनान्सको सेयर कारोबार पनि फुकुवा गरिएको छ। अब आइन्दा त्यस्तो त्रुटि नगर्ने प्रतिबद्धता कम्पनीले गरेपछि सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*