एसियन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

१२ पुष २०७९, मंगलवार १८:४३

काठमाडौं। एसियन हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज अन्तिम दिन ९पुस १२ गते० सम्ममा ८ हजार ८७७ जनाले ५ लाख ४५ हजार ७६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६।४९ गुणा बढी आवेदन हो । कम्पनीले मंसिर २७ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि ८४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*