एनआइसी एशिया ब्यालेन्सड् फण्डको न्याभ र नाफा दुवै घट्यो

१३ पुष २०७९, बुधबार १०:३१

काठमाडौं । एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्सड् फण्डले मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घट्न पुगेको छ । कात्तिक महिनामा १० रुपैयाँ ७१ पैसा रहेको फण्डको न्याभ मंसिर महिनामा घटेर १० रुपैयाँ ६९ पैसा कायम भएको छ ।

साथै फण्डको यस महिनासम्म कुल नाफा ३ करोड ९ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । गत महिनाको तुलनामा खुद नाफा पनि घट्न पुगेको हो । कात्तिक महिनामा फण्डको खुद नाफा ३ करोड ९४ लाख ३८ हजार रुपैयाँ रहेको थियो । साथै यता फण्डको सूचीकृत शेयरमा लगानी ४३ करोड रुपैयाँमा सीमित भएको छ । कात्तिक महिनामा यस्तो लगानी ४३ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*