लाभांश वितरण प्रयोजनका लागि शिवम् सिमेन्ट्सद्धारा बुकक्लोजको मिति तय
१३ पुष २०७९, बुधबार १०:४६

काठमाडौं । शिवम् सिमेन्ट्सले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ ।
कम्पनीको मंसिर २८ गते बसेको संचालक समितको बैठकले पुष २९ गते बस्ने साधारण सभाका लागि पुष २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले यहि पुष २९ गते सामना होटल, हेटौंडा उपमहानगरपालिका, बैंकरोड कमवानपुरमा बिहान १० बजे बस्नेगरी सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।












