नयाँ सरकार गठनसँगै दुईदिन उकालो लागेको शेयरबजारमा ब्रेक, कारोबार २ अर्बमाथि

१३ पुष २०७९, बुधबार १५:१५

काठमाडौं । नयाँ सरकार गठन भएपछि एकाएक उकालो लागेको शेयरमार्केटमा ब्रेक लागेको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै उच्च अंकले बढेको नेप्से सूचक आज घट्न पुगेको छ ।

साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै लगानीकर्ताहरु फेरी निराशपन थपिएको छ । यसैको प्रभावले आज शेयरबजारमा २ अर्बको कारोबार सीमित भएको छ ।

अघिल्लो दिन करिब ४ अर्बको हाराहारीमा कारोबार भएको पुँजीबजारमा आज सवा दुई अर्बमाथिको कारोबार भएको हो । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*