लाभांश र मर्जर प्रस्तावसहित प्रभु र सेञ्चुरी बैंकको साधारण सभा आज बस्दै

१४ पुष २०७९, बिहीबार ०६:०५

काठमाडौं । लाभांश र मर्जर प्रस्तावसहित दुई वाणिज्य बैंकको साधारण सभा आज बस्दैछ । प्रभु बैंकको २१औं र सेञ्चुरी बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्ने भएको हो ।

प्रभु बैंकको सभा केन्द्रीय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ९ बजे बस्नेछ भने सेञ्चुरी कमर्सियल बैंकको सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।

दुवैको वार्षिक साधारण सभाले एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । साथै प्रभु बैंकले शेयरधनीहरुलाई प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश पारित गर्नेछ भने सेञ्चुरी कमर्सियल बैंकको सभाले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि प्रभु बैंकले पुष १ गते र सेञ्चु्री बैंकले पुष ४ गते नै बुकक्लोज गरिसकेको छ । यसर्थ प्रभु बैंकको हकमा मंसिर २९ गते र सेञ्चुरी बैंकको हकमा पुष ३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*