नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज

१३ पुष २०७९, बुधबार १६:४३

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज (नेप्से) र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट उपर निवेदन खारेज भएको छ ।

कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

बुधबार न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लसहितको पूर्ण इजलाशले उक्त रिट निवेदन खारेज गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*