यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
१७ पुष २०७९, आईतवार १५:२९

काठमाडौं । कारोबार साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले हरियाली छाएको छ । आज शेयर बजार १७।२६ अंकले बढेर २०४६।२९ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि सिद्धार्थ इक्युटी फण्डको ५।५७ प्रतिशतले सर्वाधिक मुल्य घटेको छ ।
त्यस्तै, नेपाल बैंकको डिभेन्चर ३।९२, एनआरएन इन्फ्रास्टक्चर बैकको ३।९२, मिथिल्ला लघुवित्तको शेयर ३।६९ प्रतिशतले शेयर मुल्य घटेको छ ।













