बाराही हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

१८ पुष २०७९, सोमबार १५:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बीएचपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको आइपीओले पहिलो कारोबारका लागि न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*