मंसिर महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ? (सूची सहित )

काठमाडौं । मंसिर महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ७ हजार ६५० पुगेको छ । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा ७ हजार ६ सय ४० पोलिसी सरेण्डर हुँदा १ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ।

प्राधिकरणको तथ्यांक अनुसार यस महिनामा सबैभन्दा धेरै नेपाल लाइफको बीमा पोलिसी सरेण्डर भएको छ। मंसिर महिनामा मात्रै कम्पनीकमो ३३ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ। कम्पनीको मंसिर महिनामा मात्रै १८ करोड रुपैयाँको बीमा पोलिसी ल्याप्स भएको छ।
तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीको ११ करोड रुपैयाँको पोलिसी सरेण्डर भएको छ।
प्राधिकरणको तथ्यांक अनुसार प्राईम लाइफको ८ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ७ करोड ९७ लाख रुपैयाँ, गुराँस लाइफको ४ करोड ९५ लाख रुपैयाँ, युनियन लाइफको ३ करोड ७७ लाख रुपैयाँ, एशियन लाइफको ३ करोड २५ लाख रुपैयाँ, मेट लाइफको २ करोड ५० लाख रुपैयाँ, सूर्या लाइफको २ करोड १ लाख रुपैयाँ र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, रिलायन्स लाइफको ६९ लाख रुपैयाँ, प्रभु लाइफको ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ५० लाख रुपैयाँ, सिटिजन लाइफको ४३ लाख रुपैयाँ, आइएमई लाइफको ३७ लाख रुपैयाँ, सन नेपाल लाइफको ३७ लाख रुपैयाँ, सानिमा लाइफले ३६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ पोलिसी सरेण्डर भएका छन् ।













