कालिञ्चोक दर्शनले आईपीओ बुधबार बाँडफाँड गर्ने
१९ पुष २०७९, मंगलवार ११:५२

काठमाडौं । । कालिञ्चोक दर्शनको आईपीओ बुधबार बाँडफाँड गर्ने तयारी गरेको छ। पहिलो चरणको आइपीओ कम्पनीले बाँडफाँड गर्ने तयारी गरेको हो ।कम्पनीले स्थानीय र वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि आइपीओ खुलाएको थियो । उक्त आइपीओ बाँडफाँड वुधवार गर्ने तयारीमा लागिरहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो,भने जारी पुँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणकोलागि निष्काशन गर्दैछ ।












