हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१९ पुष २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले शेयरबजार बढेपनि मार्केट बन्द हुने बेलासम्म नेप्से सूचक ३.३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ ।
शेयरबजार घटेपनि आज ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ४३ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख, शिवम् सिमेन्ट्सको ९ करोड ४९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख र नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













