चार कम्पनीले आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति, कसको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डले एकैपटक ३ वटा हाइड्रोपावर र १ लघुवित्त कम्पनी गरी ४ कम्पनीलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।
जसमा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
यस्तै, सानिमा मिडल तमोर हाइड्रोपावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यता, सगरमाथा जलविद्युत कम्पनीलाई ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । यस्तै, बिपीडब्लु लघुवित्तले पनि बोर्डबाट ९७ लाख रुपैयाँ बरारबको ९७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केटले गर्नेछ ।
एयकत थ्यगच ऋयmmभल

एयकत थ्यगच ऋयmmभलत