हरियाली छाएको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२० पुष २०७९, बुधबार १५:१२

काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६४।८७ अंकले बढेर २१२५।९४ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि नेपाल एसबिआई बैंकको १।९९ प्रतिशतले शेयर मुल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, सनराइज ब्लुचिप फण्डको १।९९, अजोड इन्स्योरेन्सको १।५४, लक्ष्मि बैंकको १।४४ र धौलागिरी लघुवित्तले १।२० प्रतिशतले शेयर मुल्य घटेको छ ।













