अर्थमन्त्री पौडेसँग नेपाल मर्चेण्ट बैंकर संघको भेटवार्ता, पुँजीबजारले कोशेढुंगा कायम गर्ने विश्वास

२१ पुष २०७९, बिहीबार ११:१३

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।

पुष २० गते बुधबार अर्थमन्त्रालयको कार्यालय सिंहदरबारमा अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरी बधाई ज्ञापन गर्दै सफल कार्यकालको सुभकामना दिनुका साथै अर्थमन्त्री पौेडलको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले उक्त भेटवार्ताबाट अर्थतन्त्र सवल हुने विश्वास लिएका छन् ।

भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण माननिय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*