चन्द्रागिरी हिल्सको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
२१ पुष २०७९, बिहीबार १३:२९

काठमाडौं । लामो समयपछि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बढेको छ । आज शेयरबजार खुलेको केही समयपछि कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।
केही महिनायता हजार रुपैयाँभन्दा तल रहेको कम्पनीको शेयरमूल्य आज १० प्रतिशत अर्थात् ११७ रुपैयाँ ९० पैसाले बढेर शेयरमूल्य १२९६ पुगेको छ ।
कम्पनीले १३औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । चन्द्रागिरी हिल्सले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाडेपनि आज एकाएक शेयरमूल्य बढ्न पुगेको हो ।













