दोहोरो अंकले बढ्यो शेयरबजार, १० उपसूचकमा हरियाली छाउदा ५ अर्बमाथिको कारोबार

२१ पुष २०७९, बिहीबार १५:१८

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै लगातार बढ्न थालेको नेप्से सूचक आज १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । केही महिनायता शेयरबजार घटेसँगै कारोबार समेत घटेर एक अर्ब वा करोडमा सीमित हुन पुगेको थियो ।

अघिल्लो दिन शेयरबजारमा उछाल आएसँगै लगानीर्ताहरुले नाफा बुक गर्दा आज ५ अर्बमाथिको कारोबार हुन पुगेको हो । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग इन्डेक्स र अन्य इन्डेक्स बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।

बैंकिङ्ग इन्डेक्स ०.३१ प्रतिशत र अन्य इन्डेक्स ०.८७ प्रतिशतले घटेको छ भने सर्वाधिक होटल तथा पर्यटन सूचकको ५.७५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*