शेयरबजारमा दोहोरो अंकको बृद्धि, १० सूचक चम्किदा साढे ५ अर्बको कारोबार

२४ पुष २०७९, आईतवार १५:२३

काठमाडौं । शेयरबजार आज २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्द्ुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । केही दिनयता शेयरबजारमा सुधार देखिएसँगै आज लगानीकर्ताहरुले नाफा बुक गरेसँगै पनि कारोबार रकम बढ्न पुगेको हो ।

नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज बैंकिङ, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स इन्डेक्स बाहेकका सबै सूचकमा हरियाली छाएको छ । आज सर्वाधिक होटल तथा पर्यटन इन्डेक्स ३.६५ प्रतिशतले बढेको छ ।

आज शेयरबजार खुलेको केही अन्तरलामा यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको थियो । जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सूचारु गर्न डाटा माइगे्रसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरेको थियो । यसैको प्रभावले आज १३ इन्डेक्समध्ये बैकिङ्ग इन्डेक्स प्रभावित देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*