नेपाल वेयर हाउजिङ्गले १३ करोडको आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

२४ पुष २०७९, आईतवार १६:३४

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुष २२ गते निवेदन पेश गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १३ करोड ७५ लाख रुपैयाँ बराबरको कुल १३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीले सेबोनबाट अनुमति पाएमा सर्वसाधारणहरुमा सो रकम बराबरको आइपीओ जारी गर्नेछ । कम्पनीले बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*