२२ सयमाथि उक्लियो नेप्से इन्डेक्स, ४६ अंकले बढेको शेयरबजारमा हाइड्रोपावर सूचक चम्कियो

काठमाडौं । लामो समयपछि आज नेप्से इन्डेक्स २२ सयको विन्दुमा उक्लिएको छ । केही महिनायता शेयरबजार घटेर १८।१९ सयको विन्दुमा कायम भएको शेयरबजारमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयरबजारमा एकाएक उछाल देखिएको छ ।
लगानीकर्ताहरुमा शेयरबजारप्रति फेरी उत्साह पलाएको छ । यसैको प्रभावले पनि लगानीकर्ताहरु सक्रिय हुँदा केही दिनयताको मार्केटमा ३।४ अर्बमाथि कारोबार हुन थालेको छ । आज नेप्स सूचक ४६.७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा एकाएक सुधार देखिएसँगै कारोबार रकम समेत बढ्न थालेको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज होटल तथा पर्यटन इन्डेक्सबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटन इन्डेक्स ०.७० प्रतिशतले घटेको छ भने सर्वाधिक हाइड्रोपावर सूचक ४.९५ प्रतिशतले बढेको छ ।












