कृषि तथा पशुबीमा गर्नेहरु बढ्दै, ८ महिनामा ९२ करोड रुपैयाँ बीमा शुल्क अनुदानमा खर्च

१४ जेष्ठ २०७८, शुक्रबार १८:२१

काठमाडौं । कृषि तथा पशुन्छी बीमाशुल्कको ७५ प्रतिशत रकम अनुदान दिने व्यवस्था भए अनुरुप आर्थिक वर्ष २०७६/७७ मा सरकारले २६ अर्ब ३८ करोड बीमाङ्कको एक अर्ब १८ लाख बीमाशुल्क मध्ये ८८ करोड ६२ लाख अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा अर्थात ८ महिनामै २७ अर्ब २४ करोड ८३ लाख बीमाङ्कको एक अर्ब २३ करोड ३७ लाख बीमा शुल्क मध्ये ९२ करोड ५३ लाख ३४ हजार अनुदान प्रदान गरिएको छ । चालु आर्थिक वर्ष सकिदा अनुदान सुविधा लिई कृषि तथा पशु बीमाको दायरा अझै बृद्धि हुने अनुमान छ ।

आर्थिक सर्वक्षण अनुसार २०७७ फागुनसम्ममा बाली बीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान बापत एक करोड ९३ लाख ३२ हजार तीन सय ८० रुपैयाँ अनुदान कृषकहरुलाई भुक्तानी गरिएको छ ।

पशुपन्छी तथा मत्स्य बीमातर्फ बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान बापत ५ करोड भुक्तानी भइसकेको छ । आर्थिक वर्ष २०७६÷७७ मा बाली बीमा तर्फ ६ करोड २१ लाख ९२ हजार रुपैयाँ र पशुपन्छी तथा मत्स्य बीमातर्फ ८२ करोड ४० लाख रुपैयाँ गरी जम्मा ८८ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*