लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भयो फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा

१ माघ २०७९, आईतवार १०:४२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश पारित गरेको छ ।

यसका साथै सभाले संस्थाको अधिकृत, जारी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त संस्थाहरुसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आव २०८९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*